- हाम्रो बारेमा
- हाम्रो परिचय

वीउ विजन प्रयोगशाला ,बाँके
गुणस्तरिय वीउ उत्पादन वितरण र प्रयोग गराई उत्पादन तथा उत्पादक्त्व वृद्धि गर्ने अभिप्राय ले वि.स २०३५ सालमा तत्कालिन कृषि केन्द्र नेपालगन्ज अन्तर्गत वीउ परिक्षण प्रयोगशालाको नामले स्थापना भएको थियो । तद्पश्चात आर्थिक वर्ष २०४९ र २०५० मा कृषि मन्त्रालयको संघठनात्मक ढाँचा अनुसार छुट्टै अस्तितवको रुपमा यसको नाम क्षेत्रिय वीउ विजन प्रयोगशाला रहन गएको हो । यो प्रयोगशाला मध्य पश्चिमाअञ्चल विकास क्षेत्रको भेरी अञ्चल वाके जिल्लाको नेपागंज अन्तर्त खजुरामा अवस्थित छ । यस प्रयोगशालाको प्रशासनिक र प्राविधिक नियन्त्रण कृषि विभाग अन्तर्गत वाली विकास निर्देशनालयमा रहेको थियो ।
नेपाल सरकार संघिय प्रदेशमा गए पश्चात यो प्रयोगशाला भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ अन्तर्गत वीउ विजन प्रयोगशाला को नामले वि.स.२०७५र०५र२८ देखि यो प्रयोगशाला विधिवत रुपमा वीउ विजन प्रयोगशालाको रुपमा चिनिदै आएको छ । यो प्रयोगशालाको हाल कार्यक्षेत्र प्रदेश नं ५ अन्तर्गतका वाके वर्दिया दाङ प्यूठान पुर्वि रुकुम र रोल्मापामा यस प्रयोगशालाले काम कार्य गर्दै आइरहेको छ।
उद्देश्य
मुख्य उद्देश्यः
- नेपाल मुलुकभर बीउ बिजन गुणस्तर नियन्त्रण पद्धति कार्यान्वयन गरी
सर्वसाधारण कृषक वर्गलाई गुणस्तरयुक्त बीउ उपलब्धतामा सुनिश्चिता गराउने ।
- अन्य उद्देश्यहरुः
- गुणस्तरयुक्त बीउ बिजन
उत्पादन गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा बीउ बिजन बिक्री वितरण गरी
कृषकको आय आर्जनमा बृद्धि गर्न सहयोग गर्ने,
- विदेशबाट आयातीत बीउ
बिजनको प्रतिस्थापन तथा निर्यात प्रबर्द्धन गर्ने,
- बीउ बिजन बजारमा
गुणस्तरयुक्त बीउ विजन उपलब्ध गराउन सहयोग गर्ने र
- बीउ बिजन सम्बन्धी
राष्ट्रिय नीति, ऐन र नियमावली अनुसार निर्देशिका तथा कार्यविधि
तयार पारी कार्यान्वयन गर्न अन्य बीउ बिजनसँग सरोकारवाला निकायहरुसँग समन्वय
गर्ने तथा परामर्श दिने/लिने रहेको छ ।
योजना
·
१.
स्थान विशेषको संभाव्यताको आधारमा बाली विशेष क्षेत्रहरुको पहिचान गरी संभाव्य
बालीको व्यवसायिक उत्पादनमा जोड दिने।
·
२.
कृषि उद्यमी‚ निजी क्षेत्र‚ अनुसन्धान केन्द्र‚ कृषि विश्वविद्यालयको सहभागितामा
कृषि प्रविधिहरुको विकास टेवा पुर्याउन प्रचार प्रसार गर्ने र श्रोत केन्द्रहरुको
विकास एवं विस्तार गर्ने ।
·
३.
कृषि मूल्य र बजार सूचनाहरुको संकलन‚विश्लेषण र प्रवाह गर्नुका साथै बजार
व्यवस्थापनका लागि आवश्यक पूर्वाधारको विकास गर्ने।
·
४.
कृषि उत्पादनलाई कृषिजन्य उद्योगसँग आवद्ध गराउँदै लगी उत्पादन र उद्योगबीच
तादम्यता राख्ने।
·
५.
भूवनोटको अधिकतम सदुपयोग गरी बाली विविधिकरण‚ व्यवसायीकरण‚व्यवसाय प्रवर्द्धनमा
सहयोग पुग्ने किसिमका उत्पादन कार्यक्रम संचालन गर्ने।
·
६.
सिंचित क्षेत्रमा सघन बाली उत्पादन‚साना सिंचाई लगायत कृषि उत्पादनशील क्षेत्रमा
जलश्रोतको सदुपयोगमा प्राथमिकता दिने।
·
७.
पिछडिएका कृषक‚महिलाको उत्थानलाई लक्षित गरी कृषि विकासका कार्यक्रम संचालन गर्ने
।
·
८.
कृषि पर्यटनको विकास तथा विस्तारमा जोड दिने।
·
९.
स्थानीय‚रैथाने‚लोपोन्मुख बाली वस्तुहरुको संरक्षण, सम्वर्द्धन
तथा उपयोगमा बढावा दिने।
·
१०.
खेतीयोग्य जग्गा बाझो राख्ने प्रवृतिलाई निरुत्साहित गर्दै बाझो जग्गा सदुपयोगका
लागी योजना‚ कार्यक्रम कार्यान्वयनमा जोड दिने।
·
११.
कृषिउपज उत्पादन‚प्रशोधन‚ भण्डारण एवं वितरण प्रणालीमा प्रविधि विकास‚ अनुसरण‚
अवलम्बन‚ उत्पादन र भण्डारणका क्रममा हुने हानी नोक्सानी न्युनीकरण प्रविधि
अवलम्वनमा जोड दिने।