लुम्बिनी प्रदेश सरकार

कृषि तथा भूमि व्यवस्था मन्त्रालय

कृषि विकास निर्देशनालय

वीउ विजन प्रयोगशाला

खजुरा, बाँके

परिचय

परिचय:-

गुणस्तरिय वीउ उत्पादन वितरण र प्रयोग गराई उत्पादन तथा उत्पादक्त्व वृद्धि गर्ने अभिप्राय ले वि.स २०३५ सालमा तत्कालिन कृषि केन्द्र नेपालगन्ज अन्तर्गत वीउ परिक्षण प्रयोगशालाको नामले स्थापना भएको थियो । तद्पश्चात आर्थिक वर्ष २०४९ र २०५० मा कृषि मन्त्रालयको संघठनात्मक ढाँचा अनुसार छुट्टै अस्तितवको रुपमा यसको नाम क्षेत्रिय वीउ विजन प्रयोगशाला रहन गएको हो । यो प्रयोगशाला मध्य पश्चिमाअञ्चल विकास क्षेत्रको भेरी अञ्चल वाके जिल्लाको नेपागंज अन्तर्त खजुरामा अवस्थित छ । यस प्रयोगशालाको प्रशासनिक र प्राविधिक नियन्त्रण कृषि विभाग अन्तर्गत वाली विकास निर्देशनालयमा रहेको थियो ।

        नेपाल सरकार संघिय प्रदेशमा गए पश्चात यो प्रयोगशाला भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ५ अन्तर्गत वीउ विजन प्रयोगशाला को नामले वि.स.२०७५र०५र२८ देखि यो प्रयोगशाला विधिवत रुपमा वीउ विजन प्रयोगशालाको रुपमा चिनिदै आएको छ । यो प्रयोगशालाको हाल कार्यक्षेत्र प्रदेश नं ५ अन्तर्गतका वाके वर्दिया दाङ प्यूठान पुर्वि रुकुम र रोल्मापामा  यस प्रयोगशालाले काम कार्य गर्दै आइरहेको छ।


उद्देश्य:-

प्रमाणिकरण पद्धती अनुसार बीउ उत्पादन गर्ने कृषक वा संस्थाहरुको बीउ बाली निरीक्षण, बीउ नमूना संकलन र बीउ परीक्षण गरी तोकिएको मापदण्ड पाइएमा संकेत पत्र जारी गर्ने।

• यथार्थ संकेत पत्र पद्धती अनुसार बीउ उत्पादन गर्ने कृषक वा संस्थाहरुको बीउ परीक्षण गरी गुणस्तर बीउ बिजनको प्रमाण जारी गर्ने।

• विभिन्न स्तरका बीउ बिजनको उत्पादन तथा उपलब्धताको लागि प्राविधिक एवम् समन्वयात्मक सहयोग गर्न।

• बीउ बिजन सम्बन्धी नीति, ऐन र नियमावली अनुसार निर्देशिका तथा कार्यविधि तयार पारी कार्यान्वयन गर्न अन्य बीउ बिजनका सरोकारवाला निकायहरुसँग समन्वय गर्ने तथा परामर्श दिने/लिने।

• प्रदेशस्तरमा बीउ बिजनको वासलात तयार गरी बीउ बिजन व्यवस्थापन सहित गुणस्तरयुक्त बीउ विजन उपलब्ध गराउने कार्यमा आवश्यक सहयोग गर्ने।

• विभिन्न तालिम/गोष्ठीका माध्यमबाट सरोकारवाला निकायहरु संग समन्वय गरी गुणस्तरिय बीउ उत्पादन, व्यवस्थापन एंव विक्री वितरण वारे आवश्यक जनचेतना फैलाउने ।

• स्थानियस्तर तथा प्रदेश भित्र बीउ उत्पादन तथा संकेत पत्र (ट्याग) जारी गर्न प्राविधिक सहयोग गर्ने।


योजना:-